एमालेको सभामा राजपाको अवरोध प्रयास | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जनकपुर, १३ भदौ । जनकपुरमा हुन लागेको एमालेको सभामा राजपाका कार्यकर्ताले अवरोध सृजना गरेका छन् । प्रदेश नं २ मा निर्वाचको प्रचार-प्रसार गर्न पुगेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल सहभागि भएको कार्यक्रममा राजपाका कार्यकर्ताले ढुंगा-मुढा प्रहार गर्दै अवरोध गर्ने प्रयास गरेका थिए ।

 

राजपाका कार्यकर्ताले एमालेको कार्यक्रममा अवरोध उत्पन्न गर्न कालोझण्डा र कुचो सहित प्रदर्शन गरेका थिए । एमालेलाई मधेस विरोधी दलको संज्ञा दिँदै उनीहरुले माधव नेपालले सम्बोधन गर्ने कार्यक्रममा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

 

एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कुचो बोकेर एमाले विरुद्धमा चर्का नाराबाजी गरेका छन् । जनकपुरको पिडारीचोकमा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न एमाले नेता माधव कुमार नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेता जनकपुरमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);