त्रिविमा इतिहास अध्ययन गर्न चाहानेलाई छात्रवृत्तिको व्यवस्था गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

त्रिविमा इतिहास अध्ययन गर्न चाहानेलाई छात्रवृत्तिको व्यवस्था गर्ने तयारी

tu itihas bibhag

काठमाडौं, १९ पुस । त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शुन्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरुको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो ।

२०७४ सालमा त्रिभुवन विश्व विद्यालयमा इतिहास पढन एक जना विद्यार्थी पनि भर्ना भएनन् । विद्यार्थीहरु भर्ना नै नहुनेस्थित बनेपछि यसप्रति आकर्षण जगाउन छात्रवृत्तिको विशेष व्यवस्था गर्ने विषयमा परामर्श सुरु गर्नु परेको त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापाले जानकारी दिए ।

विभागले बिहीबार काठमाडौंमा इतिहासका विषयमा अध्ययनमा रुचि घटदै जानुको कारणको खोजी गर्न अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न मानान्धरले इतिहास विषयमा विद्यार्थीहरुको रुचि जगाउन समयको आवश्यक्तालाई सम्बोधन हुने खालका विषय खोजी गरि पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिए ।

२०७० सालको पहिलो सेमिष्टरमा विभागमा ७ जना विद्यार्थी भर्ना भएका थिए । २०७१ सालमा ६ जना, २०७२ सालमा २ जना, २०७३ सालमा १ जना र २०७४ सालमा विद्यार्थी भर्ना नै नभएपछि विश्वविद्यालयले यस विषयको अध्ययनमा रुचि जगाउन आवश्यक छलफल सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);