वाईडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

वाईडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष

काठमाडौं, १८ पुस । सरकारले दुई वाईडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ ।

बुधवार संघीय संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वाईडबडी जहाज खरिदमा भएको अनियमितताका प्रमुख दोषी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित बहालवाला मन्त्री रविन्द्र अधिकारी तथा २ जना पूर्व मन्त्री र तीनजना सचिवलाई कारवाहीको सिफारिस गरेको छ । उपसमितिले बिमान खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।

कारवाही सिफारिसमा पर्नेहरुमा तत्कालीन पर्यटन सचिवहरु प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी तथा वहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटा रहेका छन् । राई हाल गृह मन्त्रालयका सचिव छन् भने अधिकारीले अवकास पाइसकेका छन् ।

त्यसैगरी कारवाहीको सूचीमा बर्तमान पर्यटनमन्त्री रबीन्द्र अधिकारी तथा तत्कालीन पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देव रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);