‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल निजामती कर्मचारी युनियनले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आफूहरुलाई बेवास्ता गरेर ल्याइएको सो अध्यादेश मान्य नहुने चेतावनी दिँदै आएको युनियनले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको हो । कर्मचारीहरुको वृत्ति विकास समेत रोकिने गरी सो अध्यादेश सरकारले ल्याएकाले विरोधमा सडक प्रदर्शन गर्नु परेको युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

उनले एकलौटी ढंगले सरकारले ल्याएको कर्मचारी समायोजन प्रक्रियामा आफूहरु सहभागी नहुने चेतावनी दिए । युनियनले सरकारले ल्याएको लेखा परीक्षणसम्बन्धि विधेयकको विरोध गर्ने लेखा परीक्षकको निर्णयप्रति पनि ऐक्यवद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);