फोहोर र प्लाष्टिककाे अागाे तापेर दार्चुलामा दमका विरामी बढे | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

फोहोर र प्लाष्टिककाे अागाे तापेर दार्चुलामा दमका विरामी बढे

बाशु देव बडू

दार्चुला, १६ पुस । जाडो वढेसंगै बालिने फोहोर र प्लाष्टिकले मानव स्वास्थ्यमा गम्भिर असर परेको देखिएको छ । केही दिन यता दार्चुलाका विभिन्न अस्पतालमा वढ्दो निमोनिया र दमका रोगीको संख्या वढ्नुले यसलाई पुष्टी गरेको हो ।

जिल्ला अस्पतालका अनुसार अहिले दैनिक ८० जना दम तथा निमोनिया भएका विरामीहरु आईरहेका छन् । त्यसमध्ये बाल बालिका तथा वृद्ध रोगीहरुको संख्या वढी छ । अस्पतालले जाडोसंगै यस्ता फोहोरको आगो नताप्न तथा नबाल्न समेत सर्वसाधरणलाई आग्रह गरेको छ ।

दार्चुलामा सोमवार विहानको तामक्रम ५ डिग्री सेल्सियस थियो । घट्दो तामक्रमसंगै घर तथा वाहिर आगो ताप्नेहरु वढ्दो छ । त्यसमा गरिव नेपालीहरु भने खुला आकाशमा फोहोर, प्लाष्टिकको आगो तापिरहेका भेटिन्छन् ।

यस्ता वर्गहरु वढी जोखिमा पर्ने चिकित्सकहरुको भनाई छ । त्यसैले चिसोबाट बच्न फोहोर बस्तुको आगो नताप्ने, न्यानो कपडा लगाउन तथा वालवालिका र बुद्धबद्धाहरु विशेष होसियार हुन चिकित्सकहरुले सर्वसाधरणलाई आग्रह समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);