विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

biplov

काठमाडौं, १६ पुस । अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जिल्लाको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका–९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजीनामा पास नै गरको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद् रसाइलीले बताए ।

माओवादीले अदालतको गलत फैसला बदर नभए सशक्त विरोध गर्ने चेतावनी दिएको छ ।