वीरेन्द्रनगरका महिला उद्यमशिल तालिमतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

वीरेन्द्रनगरका महिला उद्यमशिल तालिमतर्फ आकर्षित

विवश कुमार सेजुवाल
सुर्खेत, १४ पुस । कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाका महिलाहरु उद्यमशिल तालिमतर्फ आकर्षित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले स्वरोजगारका लागि विभिन्न तालिम प्रदान गरेपछि उनीहरु त्यसतर्फ आकर्षित भएका हुन् । घरमै वस्नुको साटो केही सीप सिके आयआर्जनमा सहयोग पुग्ने उद्देस्यले उनीहरु त्यसतर्फ आकर्षित भएका छन् ।

यहाँका स्थानीय महिलाहरुलाई वीरेन्द्रनगर नगरपालीका र घरेलु तथा साना उद्योग महासंघको संयुक्त प्रयासमा सिलाई बुनाई लगायतका तालिम निशुल्क दिईरहेको छ । आजभोली स्थानीयहरु काम र सीप नपाएर बिदेश जानेको लस्करै देखिने यहाँ यो सीपले केही शिक्षा समेत दिएको घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका संयोजक चन्द्रबहादुर विसीले बताए ।

पछिल्लो समयमा कर्णाली प्रदेश हरेक क्षेत्रमा सम्भावना भएको दुर्गम क्षेत्रमा पर्दछ । तर, सीप र तरिका नहुँदा यहाँको आयआर्जन देखि उत्पादन पनि घटिरहेको छ । यस्ता किसिमका तालिमसंगै कार्यान्वयन पनि प्रभावकारी बन्दै गए कर्णाली प्रदेशको उत्पादकत्व बढ्नुको साथै बढ्दो बैदेशिक रोजगारीमा जाने क्रम पनि रोकिने सरोकारवालाहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);