विवेकशील साझा पार्टीद्वारा बालुवाटारमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

विवेकशील साझा पार्टीद्वारा बालुवाटारमा प्रदर्शन

काठमाडौं १४ पुस । बलात्कार पछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ ।

शनिवार विवेकशिल साझा पार्टीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन माग गरे । पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै राजधानी लगायत मुलुकभर दिनहुँ जसो प्रदर्शन भईरहेका छन् ।

तर घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषि पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हँुदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);