बूढासुब्बा गोल्डकप माघ अन्तिम सातामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

बूढासुब्बा गोल्डकप माघ अन्तिम सातामा

budha subba gold cup

धरान, १४ पुस । २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता माघ २६ देखि धरान रंगशालामा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर राईले प्रतियोगितामा आठ टोली सहभागी हुने जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, सहारा क्लब पोखरा, आयोजक धरान फुटबल क्लबसहित दुई विदेशी टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा अल इन्डिया फुटबल क्लब भारत र धनमुन्दी क्लब बंगलादेश गरी दुई विदेशी टोलीले सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिए ।

फागुन ४ सम्म सञ्चालन हुने प्रतियागिताको पुरस्कार राशि वृद्धि गरिएको छ । गत वर्षका विजेताले ६ लाख र उपविजताले तीन लाख रुपैयाँ पाएकोमा यसपटक विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् । यसैगरी विधागत रूपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १५ हजार पाउनेछन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);