झापा, १३ पुस । झापाको मेचीनगर स्थित साठी विगाहा क्षेत्रमा बिहिबार राती आगलागी भएको छ । मेचीनगर ६ स्थित साठी विगाहा (पुरानो भन्सार) क्षेत्रमा रहेको बधशाला नजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट साँझ ८ बजे आगो लागेको हो ।
बिजुली गएपछि आङदाम्बेले मैनबत्ती बालेर ग्यास सिलिण्डर जोडिएको पाइपको छेऊमा गएपछि त्यहीबाटै आगो सल्किएको प्रारम्भिक अनुसंन्धानबाट खुलेको छ । आगलागीबाट २२ वटा घर तथा टहरा जल्दाँ करिब डेढ करोड बढीको क्षति हुन पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ ।