दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले दिए पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले दिए पदबाट राजीनामा

digamber jha

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटा समक्ष राजीनामा बुझाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूजस्तो इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा भ्रष्टको आरोप लगाउने काम भएकोमा आफू अति दुःखित भएको प्रतिक्रिया दिएका थिए । अध्यक्ष झाले आफू क्षमतावान भएकैले प्राधिकरणको सो पदमा पुनः आएको बताएका थिए ।

अध्यक्ष झाले सत्तारुढ दलका नेताहरुले आफूलाई भ्रष्ट, अयोग्य र विवादित भएको आरोप लगाएको उल्लेख गर्दै आफू कुनै पनि बेला पद त्याग गर्न तयार रहेको पत्रकार सम्मेलनमा बताएका थिए । पत्रकार सम्मेलन गरेपश्चात झाले आज बेलुका पदबाट राजीनामा दिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);