सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई अपहेलना गरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई अपहेलना गरेको गुनासो

पदमराज भट्ट
कैलाली, ११ पुस । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई अपहेलना गरेको भन्दै राष्ट्रिय गाउँपालिका महासंघ प्रदेश समितिले आपत्ति जनाएको छ । प्रदेश सरकारले जनतामुखी भन्दा व्यक्ति तथा कार्यकर्तामुखी विकास योजना र बजेट बितरण गर्न थालेको भन्दै त्यसप्रति असहमती रहेको महासंघको भनाई छ ।

सुदुरपश्चिमको प्रदेश सरकार स्थानीय तहसँग कुनै प्रकारको समन्वय नगरी मनोमानि ढंगले अगाडी बढीरहेको राष्ट्रिय गाउँपालिका महासंघ प्रदेश कमिटिले आरोप लगाएको छ । प्रदेश सरकारलाई पटकपटक खबरदारी गर्दासमेत स्थानीय तहलाई वेवास्ता गरेको महासंघको दावी छ ।

प्रदेश सरकारले जनतामुखी भन्दा व्यक्ति तथा कार्यकर्तामुखी विकासका योजनाहरु र बजेट बितरण गरेकोप्रति कमिटिले आपत्ति जनाएको छ । छविस पाथिभरा गाउँपालिका बझाङका अध्यक्ष अक्कल धामिले प्रदेश सरकार संविधान विपरित कार्य गरिरहेको बताए ।

उनले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिएर प्रदेश सरकारले राज्य कोषको दुरुपयोग गरिरहेको अरोप लगाए ।

प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी आफुखुशी कार्यकर्तालाई योजनाहरु वितरण गर्नु दुःखद भएको स्थानीय जनप्रतितिधिहरुको गुनासो गरेका छन् । स्थानीय जनता र जनप्रतिनिधिका समस्याहरुलाई मध्यनजर नगरी राजधानीमा बसेर नीति नियम बनाउने गरेका कारण स्थानीय तहका नीति नियम र योजनाहरु बाझिने गरेको आरोप समेत स्थानीय जनप्रतिनिधिले लगाएका छन् ।

त्यस्तै प्रदेश सरकारले दुईवटा आर्थिक बर्ष सम्पन्न भइसक्दा समेत कुनै उपलब्धी दिन नसकेको र स्थानीय तहले गरीरहेको क्रियाकलापमा पनि बाधा पु¥याएको उनीहरुको गुनासो छ । प्रदेश सरकारलाई आफुहरुले ठुलो विश्वास गरेको कारण धोका दिएको समेत अध्यक्ष ओझाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);