काठमाडौं, १० पुस । जहदा गाउँपालिका(१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत (४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो ।
विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ।