नवलपरासी, १३ भदौ । गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भातीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ । भारतले पानी रोकेका कारण गण्डक जलविद्युत गृहबाट बिजुली उत्पादन ठप्प भएको छ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका–१ र २ का स्थानीयले १० दिनअघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए । त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको हो ।
पश्चिम नहरको पानीले गुठीसूर्यपुरास्थित जलविद्युत गृहबाट बिजुली उत्पादन हुने गर्दछ । १५ मेगावाट विद्युत उत्पादन हुने गरेकोमा पछिल्लो समय सात मेगावाटमा सीमित छ ।




