घरेलु कामदारलाई खाडी मुलुकमा पठाउने सरकारको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

काठमाडौं, ९ पुस । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीभए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सारेका छन् ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री विष्टले कामदारकै दवावमा घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव अघि सारिएको बताए ।

यता, समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने सरकारको सो प्रस्ताव अस्विकार गरेका छन् । उनले सम्बन्धित निकायसँग अनुगमन नगरी समितिले सरकारको सो प्रस्ताव मान्न नसक्ने अडान राखे ।

समितिले खाडी मुलुकको अनुगमनपछि २०७३ सालमै खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । सो निर्णय कायम राख्न सभापति श्रीवास्तवले सरकारलाई सचेत गराए ।

बैठकमा मन्त्री विष्टले घरेलु कामदार आफैले दवाव दिन थालेपछि सो प्रस्ताव अघि सारिएको पनि समितिलाई जानकारी गराए । गत श्रावण महिनायता घरेलु कामदारको रुपमा खाडी मुलुकमा पुनः जान दिन माग गर्दैै करिव एक हजारले निवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);