पशुपति वृद्धाश्रमको व्यवस्थापन गर्न नसकेको भन्दै सांसदद्वारा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

पशुपति वृद्धाश्रमको व्यवस्थापन गर्न नसकेको भन्दै सांसदद्वारा सरकारको आलोचना

pashupati bridashram-mahila samitee

काठमाडौं, ८ पुस । प्रतिनिधिसभाका सांसदहरुले पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको आईतबारको बैठकमा सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्थपन गर्न नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राईले पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरे । उनले नयाँ ठाउँमा नयाँ भवन बनाएर वृद्धाहरुको उचित स्याहार गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद गुरुङले पशुपति वृद्धाश्रमका वृद्धाहरुको उचित खानपानको समेत व्यवस्था हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । सरकारले जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रम हालसम्म पनि मर्मत संहार नगरेकोमा सांसद गुरुङको आपत्ति छ ।

बैठकमा पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमका वृद्धवृद्धाहरुको खानापान, स्वास्थ्य उपचारलगायतको उचित व्यवस्था गरिएको दावी गरेका थिए । उनले नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था वृद्धाश्रममा भईरहेको पनि समितिलाई जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);