भूकम्प र बाढीपहिरो प्रभावः मानवरहित बन्यो तातोपानी–खासा | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौं, १३ भदौ । झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ।नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहल पहल हुन्थ्यो।

 

दशैं –तिहार जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो। २०७२ वैशाख १२ को भूकम्पपछि मुलुकका धेरै स्थानमा थोरै भए पनि फेरि चहलपहल सुरु भएको छ । पीडितले पक्की घर बनाउन नसके पनि जन्मथलो छाडेका छैनन्।

 

तर, दुर्भाग्य तातोपानी नाकामा बस्नेहरु भने सधैंका लागि व्यापार व्यवसाय र घरबास छाडेर हिँडेका छन् । भूकम्पको चपेटामा परेको तातोपानी नाकाका बासिन्ताका लागि गत वर्ष आएको बाढीपहिरोले बस्नै नसक्ने गराएको हो । खोंचमा रहेको तातोपानी नाकामा भूकम्पका कारण माथिबाट अनगिन्ति पहिरो आएका छन्। गत वर्ष भोटेकोसी नदीमा आएको बाढीले तलबाट बस्तीलाई जोखिममा पारेको छ। आजको नागरिक दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);