जनअपेक्षा पुरा गर्न नसकेको भन्दै नेकपाको बैठकमा नेतृत्वको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जनअपेक्षा पुरा गर्न नसकेको भन्दै नेकपाको बैठकमा नेतृत्वको चर्को आलोचना

काठमाडौं, ७ पुस । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ ।

पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी कमिटिको शनिबारको बैठकमा पनि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नै छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिवार अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता प्रदीप ज्ञवालीले आइतवारको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।

आइतवारको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनेछन् । त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

नेकपा स्थायी कमिटि बैठकमा बोल्ने अधिकांस नेताहरुले नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);