एउटैको नाममा सिंगै बस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एउटैको नाममा सिंगै बस्ती

Palhinandan

परासी, ७ पुस ।  झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् ।

यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनहीमा यस्तो समस्या देखिएको हो । यहाँको एउटा पूरै बस्ती एक व्यक्तिको नाममारहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

पाल्हीनन्दन गाउँपालिका–६ का राजेश साहनी साबिकको सनही गाविस अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदासमेत बस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन । अहिले आफ्नो घरजग्गा व्यक्तिको कित्तामा देखिएपछि आश्चर्यमा परेका छन् । ‘२०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यस्तो भएको हुनसक्छ,’ साहनीले भने ।

‘तत्काल सरकारले नापी कार्यालयको फिल्ड बुक रद्द गरेर गाउँलेलाई न्याय दिनुपर्छ,’ उनले भने । गाउँलेले हस्ताक्षर गरेर जिल्ला प्रशासन, नापी, मालपोत, स्थानीय तह र केन्द्र सरकारलाई आवश्यक पहलका लागि आग्रह गरेको उनले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);