ओलीको काम सबैभन्दा झुर छ, नेकपा भित्र अब असन्तुष्टको पकड् रहन्छ : युग पाठक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

ओलीको काम सबैभन्दा झुर छ, नेकपा भित्र अब असन्तुष्टको पकड् रहन्छ : युग पाठक (भिडियो सहित)

kharo prashna with yug pathak

काठमाडौं, ६ पौष । । दुई ठूला राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बैठक बसिरहेका छन् । निकै ठूलो दवाव पश्चात ६ महिना पछि नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ । बैठकका एजेन्डाहरु के छन् भन्ने कुरा खासै महत्वको विषय बनिरहेको छैन, त्यहाँ कुन नेताले अर्को नेतालाई गाली गर्ने कुरा नै केन्द्रमा देखिएको छ । अर्को तर्फ नेपाली काँग्रेसको पनि त्यस्तै हालत रहेको छ । विधान टुंगो लगाउने भने ६ वर्षपछि काँग्रेसको महासमितिको बैठक बसेको छ । तर, बैठक बसेको करिब एक हप्तासम्म पनि काँग्रेसले विधानसम्म टुंगो लगाउन सकेको छैन । दुई ठूला दलहरु बैठकमा छन् । तर, त्यहाँबाट आशलाग्दो कुरा र विचारहरु आइरहेको छैन, के कारणले ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक युग पाठकसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);