आइतबारदेखि काठमाडौमा पिक एण्ड डपको नियम लागु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८१, मंगलबार

आइतबारदेखि काठमाडौमा पिक एण्ड डपको नियम लागु

drop-pick

 काठमाडौं, २ पुष । काठमाडौ माहानगरपालीकाले आइतबारदेखि पिक एण्ड डपको नियम लागु गरेको छ ।

काठमाडौको बढदो सवारी जामलाइ केहि हदसम्म भयपनि कम गर्न टुडिखेल आसपासका श्रेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरि ओराल्ने र चढाउने पिक यण्ड डपको अभियान सुरु गरेको हो ।

लामो समयसम्म एउटा सवारी साधनले यात्रु कुरेर बस्दा जाम हुने । सुचारु रुपमा सवारी साधन चल्न नसक्ने । यसले उत्पादन सिल समय दैनिक बर्बाद हुने भन्दै यो नियम लागु गरेको काठमाडौ माहानगरपालिकाले बताएको छ । बस स्टपमा रोक्न नपाउने भएपछि यात्रुहरुलाई केही गाह्रो त हुन्छ । तर यसले टाफ्रिक व्यवस्थापनमा सहजता ल्याउने टाफ्रिकहरु बताउँछन ।

महानगरपालिकाले लागू गरेको यो नियमबाट दैनिक आवतजावत गर्ने सर्वसाधरण केही अलमलमा परेको जस्तो देखिन्छ । त्यसै त सवारी साधन पाउन गाह्रो त्यसमा बस स्टपमा रोक्न नपाउने भएपछि उनीहरुलाई चढ्न र ओर्लन झनै गाह्रो भएको देखिन्छ । थपापी, सर्वसाधरण यात्रुहरुले काठमाडौको बढदो जाम, धुलो धुवा तथा प्रदुुसण कम गर्न लागू गरेको महानगरको कार्यक्रम राम्रो भएको बताएका छन् ।

काठमाडौ अत्यन्त ब्यस्थ तथा मानिसको अत्याधिक चाप रहेको सहर हो । यहाँको सवारी जाम अहिलेको जल्दो बल्दो समस्या हो । बढदो सवारी जामलाइ केहि हद सम्म भयपनि कम गर्न माहानगरपालिकाले लागु गरेको पिक एण्ड डपको यो अभियान सराहनिय छ । तर यो स्थायी समाधान भने होइन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);