संघीय संसदको हिउँदे अधिवेशन छिट्टै : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

संघीय संसदको हिउँदे अधिवेशन छिट्टै : मन्त्री ढकाल

काठमाडौं, १ पुस । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै आह्वान हुने बताएका छन् ।

प्रतिनिधिसभा भवन मर्मतसम्हार भईरहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अव ढिलाई नहुने बताए ।

आईतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी हिउँदे अधिवेशनमा सरकारले संविधानसँग बाँझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।

आगामी फागुन २० गते भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । मन्त्री ढकालले सो संवैधानिक प्रावधान अनुसार सबै कानुनलाई संविधान अनुकूल बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताए ।

उनले साझा सूचि र संक्रमणकालीन न्यायका लागि आवश्यक कानुन निर्माणको काम पनि संघीय संसदको आगामी हिउँदे अधिवेशनमा सम्पन्न गर्ने सरकारको योजना रहेको बताए ।

मन्त्री ढकालले हालै सम्पन्न अन्तरप्रदेश परिषदको बैठकले साझा सूचिसँग सम्बन्धित कानुन निर्माणको कामलाई सहज बनाएको स्पष्ट पारे ।