महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार हुन्छ : शर्मा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार हुन्छ : शर्मा

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका छन् ।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरि एकताको संदेश सहितको देश बनाउने प्रतिबद्धताको संदेश दिन सक्नुपर्ने बताए । महासमितिले दिने सन्देशबारे मुलुकभर चासो भएको भन्दै उनँले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले महासमतिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौ भन्ने प्रतिवद्धता सहित १५ बर्ष भित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई समृद्ध बनाउँछौ भनि संकल्प गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ठ सत्तारुढ दलकै कार्यकर्ता, मधेसी, जनजाती लगायत सबैलाई आशा पलाउने गरि महासमिति बैठकले संदेश दिनुपर्नेमा उनले जोड दिए ।

‘सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारांै नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठक मार्फत सकारात्मक संदेश दिन सक्नुपर्ने उनको तर्क छ ।

उनले ‘मैले जवाफ दियो भने बुद्धीजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसले कार्लमार्क्सले छोडेर गएको दर्शन नभई जननेता विपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई वदल्ने सामर्थ राख्ने बताए ।

सभापति शेरबहादुर देउवाले विरुवामा जल सिंचन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसको एक दशकका तस्वीरहरु पनि सार्वजनिक गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);