जनकपुर, २८ मंसिर । प्रदेश–२, का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार अन्त्यको लागि माथि बाटै शुद्धिकरण अभियान थाल्नु पर्ने बताएका छन् । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागद्वारा शुक्रवार जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राउतले अनुसन्धान गर्ने निकायहरुले साना–साना माथि मात्रै कारबाही गर्ने गरेकाले भष्टाचार नियन्त्रणमा सफलता हासिल हुन नसकेको बताए ।
कार्यक्रममा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक जिवन प्रसाद सिटौलाले कालोधनको पता लगाउन बैंक भरपर्दाे माध्यम रहेको जानकारी दिएका थिए ।