काठमाडौं, २८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा अभिषेक रिजाल, रविशंकर पासवान, भरत शाह, तेज तामाङ र निरकुमार राईले गोल गरे । खेलको चौथो मिनेटमा नै अभिषेकले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा रविशंकर ले गोल गरे । ५९ औं मिनेटमा भरत शाह, ६२ औं मिनेटमा तेजक तामाङ ८८ औं मिनेटमा निरकुमार राईले गोल गरे ।
जितसँगै पुलिसले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित फ्रेन्ड्सको भने आठ खेलबाट पाँच अंक मात्रै रहेको छ ।