साग गेमका खेलाडीलाई प्रशिक्षण दिन सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

साग गेमका खेलाडीलाई प्रशिक्षण दिन सुरु

काठमाडौं, २७ मंसिर । अखिल नेपाल फुटवल संघ (एन्फा)ले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी अन्तरगत महिला खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो । आगामी मार्च ११ गतेदेखि काठमाडौंमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण दिने काम सुरु गरिएको प्रशिक्षक हरि खड्काले जानकारी दिए ।

बुधबारबाट सुरु भएको प्रशिक्षण अन्तरगत महिला खेलाडीहरुले प्रशिक्षण खेल खेलीरहेका छन् । प्रशिक्षक खड्काले सो प्रतियोगितामा विजयी बन्ने सम्भावना प्रवल भएकाले महिला खेलाडीहरुलाई प्रशिक्षणमा विशेष प्राथमिकता दिइएको बताए ।

घरेलु मैदानमा आयोजना हुने सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न एन्फाले खेल सुरु हुनु ३ महिना अघि देखि नै खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);