काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीमा हिजो जसरी छलफल र बैठकहरु हुने गर्थ्यो, त्यो पार्टीमा दुइटा राजनीतिक दल मिलेर बनिसकेपछि अहिले छलफलहरुले खासै प्राथमिकता पाइरहेको छैन । नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल उत्तिकै व्यस्त छन् । दुई अध्यक्षहरु व्यस्त हुँदा सचिवालय बैठकबाट नै कामहरु तार्ने र सार्ने काम भईरहेको छ । स्थायी समिति बैठक बल्लबल्ल बोलाईएको छ । र त्यो बैठकमा के के विषयमा छलफल गर्ने भनेर बहसको विषय बनिरहेको छ । अन्तरिक छलफल र बैठकबाट यहाँसम्म आइपुगेको नेकपामा बैठककै राख्न किन यति समस्या ? दुई अध्यक्ष मध्ये एक सरकार चलिरहेको छन् भने अर्का अध्यक्षले पार्टी संचालन गर्ने कुरालाई किन अघि बढाईरहेका छैनन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् :