काम थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमणमा : चार महिनामै सके ७२ लाख | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ५ २०८३, बिहीबार

काम थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमणमा : चार महिनामै सके ७२ लाख

bidesh-bhraman

काठमाडौं, २७ मंसिर । मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम पछिल्ला समय बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो।

सोमध्ये साढे चार महिनामै मन्त्रीहरुले ७२ लाख ६३ हजार ४२ रुपैयाँ घुमेरै सकेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

जिल्ला भ्रमणका क्रममा मन्त्तीहरुले भ्रमण तथा हवाइ टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरुले १७ लाख ६५ हजार ८०० रुपैयाँ राज्यकोषबाट बुझेका छन्। यस अवधिमा मन्त्रीहरुले मनोमानी रुपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेको पाइएको समाचार राजधानी दैनिकमा छ।

ताजा समाचार