बाप्पेलाई भित्राउने तयारीमा पिएसजी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

एजेन्सी, १२ भदौ । मोनाकोका फर्वाड खेलाडी किलियन बाप्पेलाई पेरिस सेन्ट जर्मन (पिएसजी)ले आफ्नो क्लबमा अनुबन्ध गर्ने पक्का गरेको छ ।

पिएसजीले यो सिजन बाप्पेलाई लोनमा भित्राउने र अर्को सिजनमा १ सय ६६ मिलियन पाउण्डमा खरिद गर्न सक्ने स्काई स्पोर्ट च्यानलले जनाएको छ ।

 

पिएसजीले मोनाकोसँग सम्झौता गरेपनि फ्रान्सेली खेलाडी बाप्पेसँग सम्झौता गरेको छैन । गत सिजन फ्रान्सेली लिगको उपाधि मोनाकोले उचाल्दा ४४ खेलमा व्यत्तिगत २६ गोल गरेका उनी रियल मड्रिडको नजरमा पहिला नै परेका थिए ।

 

यो सिजन पिएसजीले अर्का फर्वाड ब्राजिलियन खेलाडी नेयमारलाई क्लबमा किर्तीमानी रकम सहित अनुबन्ध गरेको थियो ।


पछिल्लो समय पिएसजीले यो सिजनमा लिगका ३ खेल जितिसकेको छ ।