कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा तीन विश्वविद्यालय आन्दोलनमय,डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा तीन विश्वविद्यालय आन्दोलनमय,डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी

tri bi

काठमाडौं, २६ मंसिर । नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा महिनौँदेखि प्राध्यापक तथा विद्यार्थीहरू आन्दोलनमा छन् ।

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि पदाधिकारीका कारण आन्दोलनमय बनेको छ । तालाबन्दी तथा आन्दोलनका कारण विद्यार्थीको परीक्षा तथा नतिजा प्रकाशनमा समस्या भएको छ । केही विश्वविद्यालयमा महिनौँदेखि विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

यसैगरी सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय आन्दोलनमय छ । भागबन्डामा आएका विश्वविद्यालयका पदाधिकारीका कारण विश्वविद्यालयको काम ठप्प छ । विश्वविद्यालयका उपकुलपति प्रा।डा। उपेन्द्र कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लबीच पहिलेदेखि नै मनमुटाव सुरु भएको थियो । उपकुलपति कोइरालाले मल्ललाई पदबाट हटाएपछि विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनले अहिले चर्को रूप लिएको अाजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

अघिल्लो समाचार