दुई चरणमा निर्वाचन गर्ने विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

दुई चरणमा निर्वाचन गर्ने विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौँ, १२ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० का लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दुई चरणमा गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

 

काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिसहितको टोलीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई दिएको धन्यवाद पत्रमा पनि निर्वाचन दुई चरणमा हुनसक्ने स्मरण गराएको जानकारी दिए ।

 

प्रमुख आयुक्त यादवले भने, “निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आयोगलाई प्रधानमन्त्री, सरकार, राजनीतिक दल, उम्मेदवार, दलका नेता कार्यकर्ता, समाचारमाध्यम, नागरिक समाज सबैको सहयोग आवश्यक पर्छ । त्यतिले मात्र पुग्दैन, प्रकृतिले पनि सहयोग गर्नुपर्ने हुन्छ । ”

 

डा. यादवले प्रदेश नम्बर २ मा हालै गएको बाढीबाट पीडितको पीडा अर्कै छ, अहिले उनीहरूलाई निर्वाचनको कुरा प्रिय नलाग्न सक्छ, तसर्थ पीडितलाई निर्वाचनप्रति आकर्षित बनाउने कार्यमा सहयोग जरुरी छ, त्यसैले सहयोग गर्न आग्रह गर्छु ।

 

प्रमुख आयुक्त यादवले प्रदेश–२ का विभिन्न स्थानमा बाढीले पुल, सडक, कल्भर्ट बगाएकाले नेपाली सेनाको सहयोग लिएर भए पनि छिटोभन्दा छिटो बनाउने पहलका लागि अनुरोधसमेत गरेका छन् । यादवले भने, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबैबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् । ” गोरखापत्रले समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);