क्षयरोग र एड्स उन्मूलनकालागि पर्याप्त बजेटको व्यवस्था गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

क्षयरोग र एड्स उन्मूलनकालागि पर्याप्त बजेटको व्यवस्था गर्न निर्देशन

jayapuri gharti

काठमाडौं, २३ मंसिर । संसदीय समितिले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएकी हुन् ।

सार्क टयूबरक्लोशिस तथा एचआईभी एड्स सेन्टरले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले एचआई एड्स संक्रमितलाई उचित स्याहार हुनेगरी कानुनी प्रबन्ध गर्न पनि सरकारलाई सचेत गराइन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व शिक्षा मन्त्री चित्रालेखा यादवले पनि एचआईभी एड्स रोग उन्मूलन गर्ने लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्र संघको आह्वानलाई पूरा गर्न पनि नेपाल सरकारले क्षयरोग र एचआईभी एड्स उन्मूलन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाइ अनुरोध गरिन् ।

कार्यक्रममा चिकित्सकहरुले एचआईभी एड्स रोग उन्मुलनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);