काठमाडौं, २३ मंसिर । प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद बैठक बसेको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायत विषयमा केन्द्रीत हुने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
बैठकका लागि सातै प्रदेशका मूख्यमन्त्री काठमाण्डौमा आएका छन । मुख्यमन्त्रीहरु शनिवार नै नै संघीय राजधानी काठमाडौं आएर राजनीतिक भेटघाट सुरु गरिसकेको छन् ।
लामो समय पछि बसेको बैठकले संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, संगठन संरचना, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माणजस्ता दर्जनौं विषयमा ठोस निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
परिषद बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहको छ ।