लुम्बिनीबाट बौद्धशिक्षा संसारभर फैलाउनु पर्छ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

लुम्बिनीबाट बौद्धशिक्षा संसारभर फैलाउनु पर्छ : राष्ट्रपति

कपिलबस्तु, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्म स्थल लुम्बिनीबाट बौद्धशिक्षा संसारभर फैलाउनु पर्ने बताउनुभएको छ । बौद्धबिश्व विद्यालयद्धारा शनिवार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले देशको शान्ति, सम्बृद्धि मात्र नभई विश्व शान्ती फैलाउन लुम्बिनी आस्था केन्द्र बन्ने सक्ने भन्दै त्यसतर्फ लाग्न समेत आग्रह गरेकी छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले गौतमबुद्ध बिमानस्थल नौ महिना भित्र र लुम्बिनी बिकास कोष समयमै पुरा हुने समेत जानकारी दिए ।

त्यसैगरी, कार्यक्रममा विश्व विद्यालयको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);