कक्षाकोठामा चिसो बढेपछि खुला चौरमै पठनपाठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कक्षाकोठामा चिसो बढेपछि खुला चौरमै पठनपाठन

chaurma pathanpathan

हुम्ला, २२ मंसिर । मध्ये हिउँदसँगै कर्णाली नदी छेउछाउका विद्यालयहरू खुला चौरमा पठनपाठन गर्न बाध्य छन् । कक्षा कोठामा चिसोको कारण पढाउन र पढ्न नसकिने भएपछि यसरी खुला चौरमा पढाइ गर्न थालिएको छ ।

विद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण दिउँसो १.०० बजे नै घाम छेकिने भएका कारण दिन ढल्केपछि चौरमा पनि घाम लाग्दैन । त्यस्तो बेला त चौर पनि दाउरा बालेर पठनपाठन चलाउनु परेको बताइएको छ ।

विद्यालयसँंगै जोडिएको खाली जग्गामा पठन पाठन हुन थालेको विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र बालकृष्ण फडेराले बताए । कर्णाली नदीको छेउमै रहेको बिद्यालयमा सात वटा भवन भए पनि घाम नलाग्ने भएको कारण सबै कक्षाका विद्यार्थीहरूले खाली जग्गामा पठनपाठन गर्नु परेको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिले नै घाम लागेका बेला खुला चौरमा पठनपाठन गरिने बताएको छ । खुला चौरमा पठनपाठन गर्दा धुलोले भने सताउने गरेको शिक्षकहरूले बताएका छन् ।

बालबालिका र शिक्षकहरूलाई खुला जमिनमा भुँइको चिसो पनि लाग्ने गर्छ । कतिपयले ढुङ्गा राखेर बस्ने गर्छन् तर त्यसरी सबैका लागि ढुङ्गा पाउनु असहज भएको अभिभावक कुलबहादुर महताराले बताउनुभयो । यो विद्यार्थी र शिक्षकको बाध्यता भएको र खाली जग्गामा पढ्नाले पढाइमा समेत असर पारेको उहाँले बताउनुभयो । कक्षा ९ मा अध्ययन गर्ने छोरालाई रुघा लागेर उपचारै गर्न खर्च गर्नु परेको महताराले बताए ।

चिसो पढेपछि कात्तिक महिनाबाट कक्षा कोठामा पठन पाठन गर्न छोडिएको सर्केगार्ड गाउँपालिक २ लालि गुराँस मावि लिप्नेका प्रधानाध्यापक काली महताराले बताउनुभयो । कक्षा ६ देखि १० सम्म पठनपाठन हुने विद्यालयमा १० बजे देखि ३ बजेसम्म पढनपाठन भइरहेको भए पनि खुला ठाउँ भएको कारण एउटा कक्षाले अर्को कक्षाको पढाइमा बाधा पर्ने गरेको छ । तर विद्यालयसँग विकल्प छैन्, उनले बताए । सबै कक्षामा गरी १३५ जना विद्यार्थी छन् ।

यो खबर आजको गोरखपत्र दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);