दाहालपत्नी सीतालाई पार्किन्सन | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८१, शनिबार

दाहालपत्नी सीतालाई पार्किन्सन

prachanda-sita

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको पाइएको छ। सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दाहालले भने, ‘सीताजीलाई पनि पार्किन्सनको समस्या देखिएको छ।’

असोज १० मा उनी पत्नीको उपचारका लागि सिंगापुर गएका थिए। दाहालपत्नी सीतामा पार्किन्सनका लक्षण देखिएको सिंगापुरका डाक्टरले बताएको उनको पारिवारिक स्रोत बताउँछ। यही रोगको निदानका लागि कात्तिक २६ मा पत्नी सीतालाई लिएर दाहाल म्याग्दीको तातोपानी पनि पुगेका थिए।

मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन रहेको त्रिवि शिक्षण अस्पतालका नसारोग विभाग प्रमुख डा. रागेश कर्ण बताउँछन्। यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ। ‘विगतमा मस्तिष्क ज्वरो आएको, औषधिको असर र मस्तिष्कमा चोटपटक लागेको छ भने पनि पार्किन्सन रोग हुन सक्छ,’ उनले भने।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);