सुरेन्द्र केसीको चुनौति : प्रधानमन्त्रीजी बुद्धिजीविसँग आउनु खुल्ला मञ्चमा बहस गरौं (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

सुरेन्द्र केसीको चुनौति : प्रधानमन्त्रीजी बुद्धिजीविसँग आउनु खुल्ला मञ्चमा बहस गरौं (भिडियो सहित)

surendra kcko chunauti

काठमाडौं, २१ मंसिर ।  प्रधानमन्त्री केपी ओलीले बौद्धिक बर्गमाथि आक्रोश पोखेपछि यतिवेला नेपाली राजनीति तरंगीत भएको छ । पदमा बस्दा कसैप्रति आग्रह वा पुर्वाग्रह राख्दिन भनेर सपथ लिएको प्रधानमन्त्रीले वुद्धिजीविको हैसियत देखाइदिन्छु भनेर वोल्न मिल्छ कि मिल्दैन र यसरी बोल्दा प्रधानमन्त्रीको इज्जत रहला ? भनेर प्रश्न गर्न थालिएको छ ।

प्रधानमन्त्री केपी ओलीको झटारोको शिकार पछिल्लो पटक वुद्धिजीवि वर्ग भएका छन । हालै हयात होटलमा सम्पन्न एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री र सरकारको संलग्नताको बारेमा प्रश्न उठेपछि आक्रोशित प्रधानमन्त्री ओलीले वुद्धिजीवि बर्गमाथि नै प्रहार गरेका छन् । जनतासंग प्रधानमन्त्री भन्ने साप्ताहिक रुपमा आफु वोल्ने कार्यक्रममा उनले वुद्धिजीविको हैसियत देखाइदिने अभिब्यक्ति दिएपछि यो विषय अब बहशबाट विवादको विषय भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले वुद्धिजीविको असलियत आफुलाइ थाह भएको बताए ।

प्रधानमन्त्री ओलीले अचानक नेपालका बुद्धिजीवि बर्गसंग किन यसरी आक्रोश पोखे ? अथवा यसरी आक्रोश पोख्नु पर्ने आवश्यकता नै किन परयो ? अहिले नेपाली राजनीतिक आकाशमा यो प्रश्नले ठाउँ लिएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेको ९ महिना पुरा भयो । यस विचमा सरकारले भौतिक विकासका निकै ठुला ठुला कुरा गरिसकेको छ । घर घरमा ग्यास पाइप देखि सुरुङ निर्माण सम्मका कुरा भइसकेका छन । तर सरकार बनेको ९ महिना र यो बलियो सरकारले बजेट ल्याएको चार महिनाको विचमा जम्मा विकास बजेट ८ प्रतिशत मात्र खर्च हुनुले सरकारको भनाई र गराइमा ठुलो अन्तर रहेको देखायो ।

जब सरकारले सिन्डिकेट हटाउने,सुन काण्डको नाइकेलाइ समाउने,काम नगर्ने ठेकेदारलाइ कारवाही गर्ने लगायतका कुरा गरेको थियो । त्यतिवेला बुद्धिजीवि मात्र होइन आम जनताले समेत सरकारलाइ समर्थन गरेका थिए । तर,वोली एकातिर र काम अर्कोतिर हुन थालेपछि नेपाली सञ्चार माध्याम देखि वुद्धिजीवि बर्गले समेत सरकारको आलोचना गर्न थालेको हो ।

पछिल्लो पटक त एउटा आइएनजिओले गरेको कार्यक्रममा स्वयम प्रधानमन्त्री तिन दिन सम्म वालुवाटार नै छाडेर सोल्टी होटलमा बसे, तब नेपालका वुद्धिजीविले यसको खरो विरोध गरे । यसमध्ये कतिपयले प्रधानमन्त्री सहभागी हुदा यस कार्यक्रम मार्फत नेपालमा धर्मान्तरणको लागि सहयोग पुगेको भन्दै कडा आलोचना गरे ।

जब यी र यस्ता आलोचना हुन थाले त्यसपछि प्रधानमन्त्री आक्रोशित भए र वुद्धिजीवि माथि खनिए । तर वुद्धिजीवि पनि के कम ? प्रधानमन्त्रीको यो अभिब्यक्तिपछि झन उनीहरु उत्तेजित भएका छन ।

प्रधानमन्त्री केपी ओली स्वयम नेकपा वा उनीसंग सहमत हुने पक्षको मात्र प्रधानमन्त्री होइन । प्रधानमन्त्री ओली उहासंग विमति राख्ने पक्ष,बर्गको पनि प्रधानमन्त्री हो । तर, प्रधानमन्त्रीको यो अभिब्यक्तिले भने नेपालमा सवै खालका मत,वाद र विचार वोक्ने वुद्धिजीविलाइ नै झस्काइदिएको छ ।

प्रधानमन्त्रीले आफनो अभिब्यक्तिमा कसलाई भन्न खोजिएको हो भन्ने प्रष्ट परेका छैनन्, तर समग्रतामा उनले सवै वुद्धिजीविलाइ एउटै डालोमा राखेर आलोचना गर्दा र चेतावनी दिदा भने यसले झन बढी विवादको रुप धारण गरेको छ ।