२ अर्बबढी लागत पर्नेगरी मन्त्रीका लागि ४१ भवन बनाइने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

२ अर्बबढी लागत पर्नेगरी मन्त्रीका लागि ४१ भवन बनाइने

mantri

काठमाडौं, २१ मंसिर । सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन् ।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्को १४ वटा भवन बनाउने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषद्ले गरेको छ। बिहीबार सञ्चार मन्त्री तथा सरकारकार प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक गरको उक्त निर्णय अनुसार ४१ वटै भवन बनाउन १४९ रोपनी चार आना ३ दाम जग्गा छुट्याईएको छ।

यस्तो संसद आवास बनाउन सरकारले निर्णय गरेकोले अब सहरी विकास मन्त्रालयले कार्यक्रम तय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ। आवास गृह दुई वर्षभित्र बनाइसक्ने गरी तयारी गरेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए। उनले भने आवश्यक डिजाइन र निर्माण मोडालिटि तय गरेर यो योजनालाई अगाडि बढाउने काम मन्त्रालय अन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागबाट हुने समाचार अाजकाे अन्नपूर्ण पाेस्टमा छ।

सैबुमा बन्ने ४१ वटै आवास गृहको निम्ति करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। यसको यकीन लागत भने पूर्ण विवरण संकलन गरेर तयार पारिने डिजाइनपछि मात्रै तय हुने बताइएकाे छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);