नेपाली भूमिमा सडक निर्माण गर्दा एसएसबीको हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

नेपाली भूमिमा सडक निर्माण गर्दा एसएसबीको हस्तक्षेप

भारतको दादागिरी कायमै :
पुष्कर भट्ट
कञ्चनपुर, १८ मंसिर । नेपालको सिमा भित्र विकास निर्माणको काम गर्न सार्वभौमसत्ता सम्पन्न नेपाल स्वतन्त्र छ । तर भारतिय सिमा क्षेत्र नजिक रहेको नेपालको जमिनमा सडक निर्माण गर्दा समेत भारतीय प्रहरी एसएसबिले हस्तक्षेप गरेको छ । कञ्चनपुरको पश्चिम नाका गड्डाचौकी क्षेत्रमा एसएसबीले अनावश्यक बल प्रयोग गर्न थालेपछि सिमा क्षेत्रका नेपाली आक्रोशित बनेका छन् ।

सिमाक्षेत्र दशगजा छाडेपछि बकैदा नेपालको भुमी हो । यो भूमिमा नेपाली नागरिकको नाममा धनीपुर्जा छ । आफ्नो जमिनमा खेती लगाउन या सडक निर्माण गरुन त्यो जग्गा धनीको स्वतन्त्रता को कुरा हो ।

त्यसैले भिमदत नगरपालीका १० को बजेटमा स्थानीयले सुविधाका लागि सडक निर्माण थालेका हुन् । तर सडक निर्माणका लागि जब स्काभेटर त्यहाँ पुग्यो तब सिमापारीबाट भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरु नेपाली भूमीमा प्रवेश गरे । र भने, सडक निर्माण नगर ।

आखिर नेपालको भुमीमा नेपालीले नै निर्माण गर्न लागेको सडकमा ठाडै अवरोध गर्न यी एसएसबीका जवानहरु किन नेपाली भुमी टेके ? एसएसबीको ज्यादतीबाट बारम्बार पीडित बनेका सिमा क्षेत्रका नेपालीहरुलाई फेरी एक पटक अबरोध पुर्याएका छन् । र उनीहरुमा आक्रोश पैदा भएको छ ।

भारतीय पक्षले दशगजामा बाटो बनाउन नहुने भन्दै रोक लगाएको जनाएको छ । तर यो दसगजा होइन । दसगजाबाट झण्डै १० मिटर वर निर्माण गर्न लागेको सडकमा समेत एसएसबीले अवरोध गर्नु सरासर ज्यादती भएको स्थानीयको भनाइ छ ।

सिमाका वासिन्दालाई आवतजावत गर्न सहज होस भन्ने उद्देश्यले भिमदत नगरपालीका वडा नम्बर १० ले सडक निर्माणको योजना बनाएको थियो । तर अनाहकमा एसएसवीले हस्तक्षेप गरेको छ ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख तारानाथ अधिकारीले भने नेपाली भुमिमै स्थानीय तहले बाटो निर्माण गर्न लागेकोमा भारतीय पक्षले अवरोध गर्न नमिल्ने भन्दै आफुले भारतीय पक्षसंग बुझ्ने बताएका छन् ।

दशगजा सिमा भित्र दुवै देशले विकास निर्माणको काम गर्न नहुने अन्तर्राष्ट्रिय मापदण्ड छ तर दशगजा सिमा सकिएपछि दुवै देश आ–आफ्नो गतिविधि गर्न स्वतन्त्र हुन्छन् । तर एसएसबीको यो रवाफ ठुल्दाई प्रवृत्ति भन्दा अरु केही नभएको स्थानीयको आरोप छ ।