उपराष्ट्रपति पुनद्धारा ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

उपराष्ट्रपति पुनद्धारा ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

tamrapatra anawaran

काठमाडौं, १८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले जगत गुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको नेपालकै पहिलो कलात्मक राधाकृष्ण मन्दिरको मंगलवार ताम्रपत्र अनाबरण गरेका छन् ।

छ अर्वको लगानीमा काठमाण्डौको नागार्जुन नगरपालिकाका निर्माण हुन लागेको उक्त मन्दिर नेपालकै पहिलो कलात्मक मन्दिर हुनेछ । एकसय २५ रोपानी क्षेत्रफलमा निर्माण हुने उक्त ऐतिहासिक मन्दिरले देशमै धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरीएको छ ।radha krishna mandir

उक्त मन्दिर नेपालमा पहिलो पटक सिमेन्ट र रड रहित इटलियन मार्वलबाट निर्माण गर्न लागिएको हो । एकसय ८७ फिट अग्लो मन्दिर परिसर भित्र गोवद्र्धन, वृन्दावन, अस्पताल, योगकेन्द्र तथा ठुला होटलसमेत रहने प्रतिष्ठानले जनाएको छ । नेपालमा यति ठूलो धार्मिक धरोहर बन्न लागेकोप्रति धर्म र आत्ध्यात्ममा आस्था राख्नेहरु खुशी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);