अप्सरा गौतम
काठमाडौं, १७ मंसिर । जगत गुरु कृपालु प्रतिष्ठान नेपानको आयोजनामा निर्माण हुन लागेको नेपालमै पहिलो कलात्मक राधाकृष्ण मन्दिरको भूमिपूजा सोमबार धुमधामका साथ गरिएको छ । ६ सय करोडको लगानीमा एकसय २५ रोपनीमा नागार्जून नगरपालीकामा निर्माण हुन लागेको राधाकृष्णको ऐतिहासिक मन्दिरले देशमै धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कडेल लगायत विशिष्ट व्यक्तिहरुले सो मन्दिर निर्माणका लागी भूमी पुजन गरेका छन् । राधाकृष्ण मन्दिर नेपालमा पहिलो पटक सिमेन्ट र रड रहित इटालियन मार्वलबाट निर्माण गरिने भएको छ ।
१ सय २५ रोपनी क्षेत्रफलमा एकसय ८७ फिट अग्लो मन्दिर निर्माण हुनेछ भने मन्दिर परिसर भित्र गोबर्द्धन, वृन्दावन, अस्पताल, योगकेन्द्र तथा ठुला होटलसमेत रहने प्रतिष्ठानले जनाएको छ । नेपालमा यति ठूलो धार्मिक धरोहर बन्न लागेको प्रति धर्म र आध्यात्ममा आस्था राख्नेहरुमा हर्शोल्लास छाएको छ ।
जगत गुरु कृपालु प्रतिष्ठान नेपालको आयोजनामा ६ सय करोडको लगानीमा निर्माण हुनलागेको यस ऐतिहासिक राधाकृष्ण मन्दिरले देशमा धार्मिक पर्यटनलाई बढवा दिने काम गर्ने तथा नागार्जून नगरपालिका लगायत देशकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सोमबार भएको राधाकृष्ण मन्दिरको भूमी पुजनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासहित देश विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । भूमि पुजनमा जगतगुरु कृपालु परिषद, भारतका अध्यक्ष सुश्री डा. विषाखा त्रिपाठी,सुश्री डा.श्यामा त्रिपाठी र सुश्री डा. कृष्णा त्रिपाठीसहित विशिष्ट पाहुनाहरु पनि उपस्थिति रहेको थियो ।
याे पनि पढ्नुहाेस्
नागार्जुनमा आधुनिक शैलीकाे ऐतिहासिक ‘राधाकृष्ण’ मन्दिर निर्माण हुने