एसिया प्यासिफिक सम्मेलन : किन र कसको प्रभावमा गरियो ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

एसिया प्यासिफिक सम्मेलन : किन र कसको प्रभावमा गरियो ?

asia pacific summit

काठमाडौं, १६ मंसिर । इशाइ धर्म प्रचार गर्ने विवादित संस्था एसिया प्यासिफिकले नेपालमा तिन दिनसम्म गरेको सम्मेलनपछि नयाँ बहश प्रारम्भ भएको छ । स्वयम नेकपा कै नेताहरुले यो सम्मेलन कसको प्रभावमा परेर भयो भनेर प्रश्न तेर्साएका छन भने बौद्धिक बर्गले चाहिँ यतिवेला छिमेकी मुलुक भारत र चिनलाइ नै चिढयाउने गरी सम्मेलन गर्नु उचित नभएको बताएका छन् ।

भर्खर तिन दिन लगाएर नेपालमा एउटा आइएनजिओले एशिया पेसिफिक सम्मेलन गरेको छ । राजधानी काठमाण्डौंको सुविधा सम्पन्न होटल हयातमा कार्यक्रम भयो भने अर्को होटल सोल्टीमा विदेशी पाहुना बास बसे । यो सम्मेलनमा राष्ट्रपति विधादेवी भण्डारी देखि प्रधानमन्त्री केपी ओली सम्मले भाग लिए ।

तत्काल पोल्याण्ड भ्रमणमा जानु पर्ने भएकोले राष्ट्रपति विधादेवी भण्डारी कार्यक्रममा छिटो बसेर छिटै निस्कीईन् तर प्रधानमन्त्रीले घण्टाभर सम्वोधन मात्र गरेनन, तिन दिनसम्म प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छाडेर सोल्टी होटलमा नै बास बसे ।

नेपालमा यतिवेला यो सम्मेलनमा के भयो भन्ने बारेमा बहश भइरहेको छैन । बरु कम्वोडियाले समेत अस्विकार गरेको एशिया पेसिफिक सम्मेलन यहा किन र कसको प्रभावमा गरियो भनेर प्रश्न माथि प्रश्न तेस्र्याइएको छ । हुनपनि नेपाल धर्मनिरपेक्ष राज्य भइसक्यो तर स्वयम राष्ट्रपति विधादेवी भण्डारी देखि प्रधानमन्त्रीसम्मले उच्च प्राथमिकतामा राखेर गरेको यस कार्यक्रमको आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन भने क्रिश्चियन धर्म प्रचार गर्ने विवादित संस्था हो ।

यसैकारण नेपालमा दक्षिण तर्फ हिन्दु धर्मलाइ आदर्श विचार मान्ने भारतीय जनता पार्टीले सरकार चलाइरहेको छ भने उत्तरतर्फ बुद्ध धर्मलाइ मुल धर्म मान्ने कम्युनिष्ट मुलुक छ तर नेपाल भने यो कार्यक्रम गर्दा पश्चिमा जगतको प्रभावमा परेर क्रिश्चियन धर्मको प्रचारमा लागेको अर्थ लागेको । यसले नेपालमा वाम सरकारले गलत काम गरेको स्वयम नेकपाकै स्थायी समिति सदस्य मणि थापाको भनाइ छ ।

तिन दिनसम्म चलेको सम्मेलन भर्खर सकिएको छ । यस सम्मेलन मार्फत क्रिश्चियन धर्मलाइ सरकारले महत्व दिएको आरोप लागेको छ । तर राजनीतिक विश्लेषकहरु भने नेपालमा धर्मको प्रचार भन्दा पनि धर्मको आडमा राजनीति हुन थालेको बताउन थालेका छन । चुनावको संघारमा रहेको भारत र पश्चिमा जगतसंग ससंकित रहेको चीनले नेपालमा भएको यस घटनालाइ कुन रुपमा लिन्छन होला त ? र,यसले नेपालको भुराजनीतिक अवस्थालाइ कस्तो असर पार्ला त ?

भुकम्प पछि पुननिर्माणको लागि नेपालले दाता सम्मेलन गरेको थियो । यसमा ठुलो सहयोगको आश्वासन दाताले दिएका थिए । तर उनीहरुले बोले अनुसारको सहयोग भने गरेनन । अहिले संविधान जारी भएपछि इतिहास मै बलियो सरकार बनेको छ । तर,यो सरकार बनेपछि बैदेशिक लगानी ७६ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ । तर, हाम्रै पालामा समृद्धि ल्याउछौं भनेको सरकारले यतिवेला पुन लगानीको उपयुक्त वातावरण भएको,सरकार बलियो भएको लगायतका प्रत्याभुति दिन लगानी सम्मेलन गर्नुको बदलामा कम्युनिष्ट पार्टीकै निधारमा कालो दाग लाग्ने गरि युनिभर्सल पिस फेडेरेशनको लगानीमा कार्यक्रम गरयो ।

आइएनजिओकै कार्यक्रमको लागि भनेर जनतालाइ दुख दिने गरि सवारी सञ्चालनमा जोर कि विजोर नम्वर पनि लगायो । तर यसरी आयोजना गरिएको कार्यक्रमले न देशको इज्जत बढयो न देशमा लगानी नै भित्रिने वातावरण बन्यो । बरु,यहा आएका पाहुनाले उल्टै नेपाली उद्यमीलाइ उनीहरुको देशमा लगानीको लगानीको लागि आह्वान गरे । देश र जनता पनि खुशी नहुने र लाभ पनि नहुने अनि छिमेकी पनि चिढिने कार्यक्रम सरकारले किन गरयो त ? अहिले सवैभन्दा बढी सोधिन थालिएको प्रश्न यहि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);