‘एचआइभी सङक्रमितलाई निःशुल्क औषधि’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

‘एचआइभी सङक्रमितलाई निःशुल्क औषधि’

hiv medicine

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि/एड्स सङक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनुभएको छ ।

३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले एचआइभी सङक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराउनुभएको खबर अाजकाे  गाेरखापत्रमा छापिएकाे छ ।

नेपालमा एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गरेको उल्लेख गनुहुँदै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “सबै सङक्रमितहरूमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरूलाई म आग्रह गर्दछु । सबै सङक्रमितले उपचार सेवा पाउनु पर्दछ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);