कम्बोडियाका प्रधानमन्त्री सेनले गरे पाटन दरबार क्षेत्रको भ्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

कम्बोडियाका प्रधानमन्त्री सेनले गरे पाटन दरबार क्षेत्रको भ्रमण

काठमाडौं, १४ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।  नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचिपूर्वक भ्रमण गरे ।

बिहान दरबार क्षेत्रको भ्रमण गरेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतले स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पु-याएका सम्पदाहरुको पुनर्निर्माणबारे पनि चाँसो राखेका थिए । प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । भ्रमणका क्रममा उनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पु-याएका सम्पदाहरुबारे विस्तृत जानकारी गराइएको थियो । एशीया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहिबार काठमाडौं आएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);