उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने

काठमाडौं, १३ मंसिर । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले यो वर्ष २९ खेलका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले छनौट गरिएका २९ खेलबाट एक एक खेलाडीलाई बर्ष उत्कृष्ट अवार्ड दिइने बताएको हो ।

आगामी पुष १३ गते हुने कार्यक्रममा २०७४ साल भरि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीहरुलाई पुरस्कृत गरिने छ । पुरस्कृत हुने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडी सम्मान पनि कार्यक्रममा दिइने संघले बताएको छ । गजराज जोशी आदर्श खेलाडीको सम्मान पाउनेले नगद २५ हजार रुपैयाँ पनि पाउने छन् ।

यसअघि संघले ३५ खेलका खेलाडीलाई सम्मान गर्दै आएको भए पनि यो वर्ष २९ वटा खेलका उत्कृष्ट खेलाडी मात्र पुरस्कृत हुनेछन् । यो वर्ष पुरस्कृत हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबलटेनिस, शुटिङ, बक्सिङ, भारत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आइटिएफ तेक्वान्दो, ब्याटमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स, गल्फ र कुस्ती रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);