जानकी मन्दिर सिंगार्न ७ करोड २१ लाख बजेट | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

जानकी मन्दिर सिंगार्न ७ करोड २१ लाख बजेट

janaki temple

बटुकनाथ झा

जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूको महत्वपूण तिर्थस्थल हो । नेपाल र भारतका हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई चालु आर्थिक वर्ष भित्रै सौन्दर्यकरण गर्न प्रदेश–२ को सरकार सुरु गरेको छ । मुख्यमन्त्री स्वच्छता अभियान अनर्तगत जानकी मन्दिर सिंगार्न सात करोड २१ लाख रुपैयाँ बजेट समेत छुट्टाइएको छ ।

बिहीबारबाट जानकी मन्दिरको मर्मत तथा सौन्दर्यकरणको सुरुवात गरिएको छ । यहि आर्थिक बर्षभित्र जनकपुरधामलाई आकर्षक बनाउन सौन्दर्यकरण आयोजना सुरु गरिएको हो । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णवको अध्यक्षतामा वैदिक मन्त्रोचारण सहित सौन्दर्यकरण योजनाको शिलान्यास भएको छ ।

सौन्दर्यकरण आयोजना अन्तर्गत मन्दिर परिसरमा मारवल, ग्रेनाईट लगाउने, मन्दिरका तीनवटै द्वार फेर्ने तथा ढल निकासको लागि ड्रेनेज बनाएर व्यवस्थित बनाउने काम हुनेछ ।

सफा पानीको अभाव भइरहने जानकी मन्दिरमा अव मन्दिर पस्नु अघि खुट्टा धुनको लागि उत्तर तथा दक्षिणी भागमा चरणगंगा बन्ने भएका छन् । जानकी मन्दिरको अगाडि फूलवारीका लागि ल्यागु स्केपसमेत निमार्ण गर्ने योजना बनेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर सौन्दर्यकरण योजनाको शिलान्यास गर्दै प्रदेश–२को विकासको सुरुवात नैं यसैबाट भएको घोषण गरे । जानकी मन्दिरका छोटे महन्थ रामरोसनदाश वैष्णवले जानकी मन्दिर परिषरमा रहेका सयांै मन्दिरहरु अहिले भग्नावशेषमा परिणत भएको भन्दै तिनलाई उठाउने विषयमा समेत चिन्ता रहेको बताए ।

उनले जनकपुर धामको संरक्षणको प्रदेश सरकारको मात्र दायित्व नभई देशकै भएको भन्दै जनकपुर धामले अझै धेरै महत्व पाउनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);