वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने

nepal bayu sewa nigam

काठमाडौं, १३ मंसिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ।

हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ।

आजको कारोबार दैनिकमा खबर छ, छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया अघि बढ्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले भने।

नियमसँग भएका जहाजहरुको पूार्ण क्षमताका उडानसँगै नयाँ गन्तव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्ने अधिकारीको भनाइ रहेको छ।

जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरुले छानबिन गरिरहकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्ने मन्त्री अधिकारीले बताए।  निगमको योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ।