भारतीय नेता राहुलको पुष्कर यात्रा विवादमा, राजनीतिसँग जोडेर नहेर्न अनुरोध (फोटोफिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतीय नेता राहुलको पुष्कर यात्रा विवादमा, राजनीतिसँग जोडेर नहेर्न अनुरोध (फोटोफिचरसहित)

rahul gandhi

काठमाडौं, १२ मंसिर । गान्धी परिवारका सदस्यले पुष्कर यात्रा सुरु गरेको १५ वर्ष भैसकेको छ । पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीदेखि सोनिया गान्धीसम्मले भारतको पुष्कर गएर पूजा–अर्चना गरेका छन् । १५ वर्षपछि राहुल गान्धी पुष्कर गए र पूजा गरे । आफुलाई कौल गोत्रिय भएको भन्दै उनले गरेकोे यात्रा र पूजा अहिले चर्चाको विषय बनेको छ ।

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीको गोत्र, उनले पुष्करमा गरेको पुजा भारतमा ठूलै वहसको विषय वनेको छ ।

गान्धी परिवारमा सवैभन्दा पहिले सन् १९९१ मे को चर्को गर्मीमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले चुनाव प्रचारको क्रम चलिरहेका बेला राजस्थानको पुष्करमा रहेको ब्रह्मा मन्दिरमा गएर पूजा गरेका थिए । देशमा आम चुनावको माहोल थियो, राजीवको पार्टी कांग्रेस विपक्षमा थियो र सत्तामा पुनरागमन गर्ने आँकलन भइरहेका थिए ।

राजीव गान्धीको पुष्करसँग केही खास मोह थियो भन्ने गरिएको छ । जुनसमयमा उनि पार्टीको महासचिव थिए । प्रधानमन्त्रीका रुपमा उनले सन् १९८९ मा पुष्कर आएर ब्रह्मा मन्दिरमा पूजा–अर्चना गरेका थिय । तर सन् १९९१ मे २१ अर्थात पुष्कर यात्राको १९ दिनपछि तमिलनाडुमा बम आक्रमण गरी राजीवको हत्या भयो । निधनको एक हप्तापछि राजीवको अस्तु पुष्करमा विसर्जन गरियो ।

त्यस क्रममा राजेश पायलट र अशोक गहलोतसहितका नेता सामेल भएको बताइएको छ । नेहरु–गान्धी परिवारको लामो इतिहास राजस्थानको पुष्करको मध्य तिरको तालको किनारसँग जोडिएको छ । सन १९२१ अर्थात झण्डै १०० वर्ष पहिले मोतीलाल नेहरु पुष्कर पुगेका थिए । त्यो बेला पुरोहितको एक पराशर परिवारले मोतीलालका लागि पुष्करको प्रसिद्ध ब्रह्मा मन्दिरमा पूजा गराएका थिए ।

मोतीलाल नेहरुले पूजाको क्रममा आफ्नो गोत्र ‘कौल’ लेख्दै पुरोहित परिवारलाई कौल उपाधि दिएका थिए । मोतीलालले पुरोहित परिवारलाई अबदेखि आफ्नो पारिवारिक पुरोहित बनेको घोषणा गर्दै कौल थर अपनाउन भनेका थिए । चार पुस्तादेखि पुष्करमा बस्दै आएको पराशर परिवारले आफ्नो थर कौल लेख्दै आएको छ । सोमवार पूजाको क्रममा संकल्प गराउँदा राहुलले आफ्नो गोत्र त्यहि बताए जुन मोतीलाल नेहरुले सन् १९२१ मा बताएका थिए । अर्थात ‘कौल दत्तात्रेय’ ।

यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित भएको जानकारी दिए । उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आए । भाजपामा प्रवक्ता संबित पात्रा एउटा पत्रकार सम्मेलनमा गोत्र बारे जानकारी दिन भनेका थिए ।

पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्ने चलन छ । जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए । राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् ।

कतिपय विश्लेषकहरु उनको गोत्रको विवाद चुनाव लक्षित मात्रै भएको बताउदै आएका छन । राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो रहेको छ ।

राहुल मात्रै होइन मोतीलाल–जवाहरलाल नेहरुसहितले पनि आफूलाई कश्मीरी ब्राह्मण बताउने गरेका थिए । राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);