राहुल गांधीको भारत जोडों यात्राले कत्तिको सफलता पायो त ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राहुल गांधीको भारत जोडों यात्राले कत्तिको सफलता पायो त ? ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ १७। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गांधीले आफ्नो करिव ५ महिने भारत जोडो यात्रा सम्पन्न गरेका छन् । उनले सम्पुर्ण मुलुकबासीलाई एकजुट बनाएर भारतलाई बलियो बनाउनु नै यात्राको उद्देश्य रहेको बताएका छन् । नेता गान्धीले भारत जोडो यात्रालाई चुनावी राजनीतिसँग जोड्न नहुने प्रष्ट पारेका छन् । उनले देशमा घृणाकोविरुद्ध प्रेमको पसल खोल्न चाहने विषयलाई यात्राको क्रममा उठाईरहेका थिए । यात्राका क्रममा विभिन्न ठाउँमा भाषणमा गान्धीले केन्द्र सरकारलाई निशाना बनाएर बेरोजगारी, मुद्रास्फीति र भारतको सीमा क्षेत्रमा चीनको हस्तक्षेपको मुद्दा उठाएका थिए ।

उनको यो यात्राले अनेकौं प्रश्नहरु उठाएको छ। राहुल गान्धी के हासिल गर्न चाहन्छन् ? के उनले विपक्षीहरूलाई एकजुट गर्न सक्षम हुनेछन् ? के उनले कांग्रेसलाई पुनर्जीवित गर्न सक्षम हुनेछन ? भन्ने जस्ता प्रश्नहरु यात्राले जन्माएको थियो । यात्राको समयवधिभर राहुल कतै बालबालिकाहरुसँग खेलिरहेका थिए त कतै वृद्धाको हात समातिरहेका थिए । कतै सर्वसाधारणलाई अँगालो हालिरहेका । उनका यस्ता तस्बिर सामाजिक सञ्जालमा यत्रतत्र देख्न सकिन्छ। यो यात्राले गान्धीले निकै राम्रो छवि बनाएको पनि विश्लेषण भईरहेको छ । विपक्षी दलका नेताहरूमाझ पनि उनले सकारात्मक छवि बनाएका छन् । विगतमा गान्धीको गम्भीरतामाथि प्रश्न उठाइरहेका ममता बनर्जी होस् वा अरविन्द केजरीवाल, आज सबैले राहुल गान्धी बिना विपक्षी एकता सम्भव नहुने तर्क राखीरहेका छन् ।

यो यात्राले कांग्रेस कार्यकर्तालाई सक्रिय मात्रै बनाएन एक हिसाबले कांग्रेस पार्टीलाई नयाँ जीवन मिलेको समेत भन्न थालिएको छ। तर, सत्तारुढ भाजपाका नेतासमेत रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तित्वका सामु राहुल कमजोर देखिएका छन् । उनले यसकारण पनि व्यक्तित्वलाई उचाई प्रदान गर्न यस्ता कदम चालिरहेका छन् । यसले गान्धीलाई कत्तिको राजनीतिक लाभ देला प्रतिक्षाको विषय बनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);