ए डिभिजन लिग फुटवल: आज मछिन्द्र र हिमालयन शेर्पा तथा फ्रेन्डस र जाउलाखेल वीच हुने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

ए डिभिजन लिग फुटवल: आज मछिन्द्र र हिमालयन शेर्पा तथा फ्रेन्डस र जाउलाखेल वीच हुने

a divisionn lig

काठमाडौं, १२ मंसिर । बिना रेलिगेशन सञ्चालन गरिएको ‘ए’ डिभिजन लिग फुुटबल अन्तर्गतका चौथो चरणका खेल आज सकिँदै छन् ।

आज हुने दुई खेलमा ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा बिहान ११ बजे मछिन्द्र क्बल र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो साढे २ बजे हुने अर्को खेलमा फ्रेन्ड्स क्बल र जावलाखेलबीच हुनेछ ।

पहिलो हुने खेलमा यसअघिका तीन खेलमा अपराजित रेहेको हिमालयन शेर्पा र एक खेलमा हार तथा दुई खेल बराबरी खेलेको मछिन्द्र क्लबले यसअघिका खेलमा भएका कमीकमजोरी सुधार्दै राम्रो खेल्ने बताएका छन् ।

तीन खेलमा दुई जित र एक बराबरी खेलेको हिमालयन शेर्पा ७ अंकसहित अंक तालिकामा ५ औं स्थानमा रहेको छ भने तीनमा २ खेल बराबरी खेलेर एकमा हार बेहोरेको मछिन्द्र क्बल २ अंक सहित अंक तालिकाको ११ औं स्थानमा छ ।

त्यस्तै, आजै हुने चौथो चरणको अन्तिम खेलमा लिगको पुछारमा रहेका जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका तीनै खेलमा पराजित फ्रेन्ड्स क्लब र जावलाखेल आजको खेलमा पहिलो जितको खोजिमा हुनेछन् ।

लिगका अहिलेसम्मका खेलमा कमजोर प्रदर्शन गर्दै आएका दुवै टिम एक अर्काबिरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । चौथो चरणका अहिलेसम्मका खेल सकिँदा लिगको शीर्ष स्थानमा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लब रहेको छ भने दोस्रो स्थानमा विभागिय टिम त्रिभुवन आर्मी क्लब रहँदा तेस्रो स्थानमा थ्री स्टार क्लब रहेको छ ।